madhav nepal

‘चुनाव सार्न पनि सकिन्छ’:- माधब नेपाल

National News News

The Mirror Desk

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले हुन गैरहेको चुनाब सार्न पनि सकिने जनाएका छन। उनले नेत्रविक्रम चन्द विप्लब नेतृत्वको पार्टी नेकपा निर्वाचनमा सहभागी भए वैशाख ३० को स्थानीय निर्वाचन मिती पर सार्न सकिने बताएका हुन्।

कार्यकर्ता प्रशिक्षणको कार्यक्रममा बोल्दै उनले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु मुलुककै लागि फाइदाजनक भएको दाबी गरे।

संविधान, लोकतन्त्र र संघीयताको रक्षार्थ गठबन्धन सरकार जन्मिएको बताउँदै नेता नेपालले आगामी संसदीय निर्वाचनपछि बन्ने सरकारसमेत गठबन्धनकै हुने जिकिर गरे । ‘

उनले भने, ‘ओली सरकारले संविधान खान खोज्यो, लोकतन्त्र सिध्याउन खोज्यो, संघीयता मास्न खोज्यो र सुशासनलाई समाप्त गरेर कुशासनमा देशलाई चुर्लुम्म डुबाउन खोजेका कारणले गठबन्धन आवश्यक परेको हो, अहिले अर्थतन्त्र जुन अवस्थामा पुगेको छ त्यो ओली नेतृत्वको सरकारका कारणले हो, ’ चुनावी गठबन्धन गर्दा आफूहरूले अघिल्लो निर्वाचनमा एमालेले जितेका ठाउँ मागेको उनले बताए।

चुनावको मिति सार्ने हल्ला छ, गठबन्धन सरकार त्यो स्थितिमा पुगेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् । उहाँलाई (चन्द समूह) स्वागत छ । विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ । विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ’।

[ref-ekantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Video – The Mirror

Leave a Reply

Your email address will not be published. Required fields are marked *