CG Moters

‘चौधरी ग्रुपले बेच्न थाल्यो विद्युतीय गाडी’

Business Science & Technology

The Mirror

चौधरी ग्रुप अन्तर्गतको ‘सीजी मोटर्स’ वातावरण मैत्री विद्युतीय सवारीको व्यवसायमा पनि प्रवेश गरेको छ।

वर्षौंदेखि विभिन्न व्यवसायमा संलग्न रहदै आएको यो प्रतिष्ठित व्यवसायिक घरानाले अब विद्युतीय सवारीमा पनि हात हालेको छ। सीजी मोटर्सले विद्युतीय सवारी ब्रान्ड निटाका गाडी बेच्ने भएको छ।

जस अन्तर्गत पहिलो चरणामा निटा भी नेपाली बजारमा सार्वजनिक गरेको छ। निटा ब्रान्ड चिनियाँ मोटर कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ।

सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्‍याउनका लागि विद्युतीय सवारीको प्रवर्द्धनमा पनि लागेको बताए।

निर्देशक चौधरीले भने, ‘नेपालको व्यापार घाटाको मुख्य कारक रहेको पेट्रोलियम पदार्थको खपत सरकारले सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ, सरकारको यहीं योजनालाई सघाउन हामीले निजी र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको विस्तारमा लागेका हौ’।

नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा नि:शुल्क उपलब्ध गराइने सीजी माेटर्सले जनाएको छ।

त्यस्तै, सीजी मोटर्सले १.५ र २.५ टन क्षमताको विद्युतीय पिक अप समेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने भएको छ।

सीजी मोटर्सले स्टेट अफ आर्टमा आधारित वर्कसप तथा चार्जिङ नेटवर्क बनाउँदै जाने तयारी रहेको अग्रवालले बताए।

[ref-kantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *