manoj shaha

जनकपुरमा काँग्रेसका बिद्रोही साहको अग्रता फराकिलो हुदै

National News News

The Mirror

जनकपुरमा काँग्रेसका बिद्रोही साहको मतान्तर अझै फराकिलो हुदै गैरहेको छ।

कांग्रेसबाट विद्रोह गरी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले फराकिलो अग्रता कायम राखिरहेका छन्।

हालसम्मको गणना अनुसार उनले ९१९४ मत ल्याएका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले पछयाइरहेका छन भने उनले ७१९३ मत ल्याएका छन।

लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ३५९५ मत ल्याएर तेस्रो स्थानमा छन।

सत्ता-गठबन्धनका जनता समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान मेयर लालकिशोर साहले ३३०१ मत ल्याएर चौथो स्थानमा छन। त्यसैगरी स्वतन्त्र उम्मेदवार बलराम महतो ३०२२ मत ल्याएर पाँचौं स्थानमा छन्।

उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोरी साह १०६४० मतसहित अग्र स्थानमा छन।

उनलाई एमालेकी रुणा झाले पछयाइरहेकी छन्। उनले ८१४३ मत ल्याएकी छन।

लोसपाकी उम्मेदवार एवं निवर्तमान उपमेयर रिता झाले ३६३९ मत ल्याएर तेस्रो स्थानमा छिन।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *