The Mirror
निकै दबाब बढेसँगै जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिन बाध्य भए।
अर्थमन्त्रीको बागडोर सम्हालेका शर्माले बजेट निर्माणमै अर्बौं रुपैया घोटाला गरेको र देशको ढुकुटीमा लुटपाट मच्चाएको तथ्य दुई पत्रकारले बाहिर ल्याएपछि त्यस्को ठीक २३ दिनपछि पद छाडन बाध्य भएका हुन।
उनले गरेका कर्तुतहरु बाहिर ल्याएका दुइ शाहासी पत्रकारको नाम पनि अहिले सार्बजनिक गरिएको छ।
अन्नपुर्ण पोष्टमा कार्यरत पत्रकारहरु सुरेन्द्र काफ्ले र ममता थापाले अर्थमन्त्री शर्माले मध्यराती कसरी बिचौलियाको प्रवेश गराए भन्ने तथ्य सहितको समाचार प्रकाशित गरेका थिए।
जेठ ३० गते काफ्ले र थापाले मन्त्री शर्माको बदमासी भण्डाफोर गरे पनि २३ दिन पदमा टाँसिन सके पनि छाड्न बाध्य हुनुपरेको छ।
पत्रकार काफ्लेले नेपालको नक्साको बिषयमा पनि काफी अनुसन्धान गरी समाचार प्रस्तुत गरेका थिए। काफ्ले बिगत २५ बर्षदेखि पत्रकारितामा संलग्न छन।
खोज पत्रकार काफ्ले प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष समेत हुन्। यस्तै पत्रकार थापा १० बर्षदेखि सक्रिय रुपमा खोज पत्रकारिता गर्दै आएकी छिन।
अन्तमा यो पनि…