The Mirror
माओवादी अध्यक्ष प्रचण्डले पूर्व अर्थमन्त्री जनार्दन शर्मा निर्दोष रहेको बताएका छन।
माओवादी निकट पत्रकारहरूको संस्थाको केन्द्रीय समिति बैठकमा बोल्दै उनले शर्माले गल्ती गरेको कुनै प्रमाण नभेटिएको बताए।
प्रचण्डले बैठकमा भने, ‘संसदीय छानबिन समितिलाई दस दिनको समय दिइयो, सात दिन थपियो, आज समितिले प्रतिवेदन बुझायो, शर्मा निर्दोष हुनुहुन्छ, उहाँविरूद्ध केही प्रमाण छैन’।
उनले भने, ‘खाएको विष पो लाग्छ, नखाएको कसरी लाग्छ’।
प्रचण्डले थपे, ‘बजेट राम्रो छ भन्ने हुँदै थियो, सबैले त्यसलाई स्वागत गर्दै थिए तर अर्थमन्त्रीले मन्त्रालयमा राति १२ बजे अनधिकृत मान्छे ल्याएर करका दरमा हेरफेर गर्यो, यसलाई कारबाही गर्नुपर्छ भनेर धेरै प्रचार गरियो, अनि हामीले, अझ मैले नै पार्टी अध्यक्षको हैसियतले छानबिन गर्न तयार छौं भने’।
आर्थिक वर्ष २०७९\०८० को बजेट पेस गर्ने अघिल्लो दिन तत्कालीन अर्थमन्त्री शर्माले करको दर हेरफेर गराउन मन्त्रालयमा अनधिकृत व्यक्ति ल्याएको थिए। यसपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए।
सोही दिन उनीमाथि छानबिन गर्न संसदिय विशेष समिति बनेको थियो। समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ। एमाले सांसदहरूले भने फरक मत बुझाएका छन्। समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो।
त्यसपछि शर्माले अनधिकृत व्यक्ति प्रवेश गरेको सिसि टिभीका द्रश्यहरु डिलिट गर्न लगाएर प्रमाण नस्ट गरेका थिए।
[ref-setopati]
अन्तमा यो पनि…