air france

जब दुई पाईलटले ककपिट भित्रै मुक्का हानाहान गरे…

Breaking News International News News

The Mirror

बिमान उडाउने काम निकै संबेदनसिल कार्य हो। सानो गल्ति र लापरबाहीले सयौ मानिसको ज्यान जानुका साथै आफ्नो पनि ज्यान जान सक्छ।

अझै विमानभित्र दुइ जना पाईलटको हानाहान भयो भने के सम्म हुन्छ होला।

यस्तै भएको छ एअर फ्रान्सको एउटा विमानभित्र। दुई पाईलट बीच ककपिट भित्रै हात हालाहाल गरेपछि दुई पाईलटलाई निलम्बन गरिएको छ।

गत जुन महिनामा जिनिभाबाट फ्रान्सको राजधानी प्यारिसका लागि उडेको एअरबस ए३२० का चालक र सहचालकले ककपिटभित्र मुक्का हानाहान गरेको समाचारमा जनाईएको छ।

ककपिट भित्रबाट हल्ला आएपछि चालकदलका अन्य सदस्यहरूले हस्तक्षेप गरे र विमान सुरक्षित रूपमा अवतरण गरुन्जेलसम्म चालकदलका अर्का सदस्य पनि ककपिटभित्रै बसे।

फ्रान्सको उड्डयन क्षेत्रबारे अनुसन्धान गर्ने निकायले एअर फ्रान्समा सुरक्षाविधिबारे बलियो प्रचलन नभएको भन्दै एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो। अनि बल्ल जुन महिनाको उक्त घटना सार्वजनिक भएको हो।

विमानभित्र चालकहरूबीच विवाद उत्पन्न हुँदा हात हालाहाल भएको घटना यसअघि पनि आक्कलझुक्कल सार्वजनिक भएको थियो।

सन् २०१८ को नववर्षको दिन लन्डनबाट मुम्बईका लागि उडेको जेट एअरवेजको विमानमा पनि पाईलटहरु बीच हात हालाहाल भएको थियो।

[ref-bbc]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *