The Mirror Desk,
भरतपुर, प्रदेश-२ का प्रदेश प्रमुख राजेश झाले जनकपुरको एक विद्यालयमा गएर कक्षा १ का विद्यार्थीलाई पढाएका छन्। शैक्षिकस्तर खस्किरहेको समयमा प्रदेश प्रमुख झाले शिक्षामा जोड दिने उद्देश्यका साथ् जनकपुरधामस्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेर कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूलाई पढाएका हुन्। शुक्रबार दिउँसो १ बजे विद्यालय पुगेका प्रदेश प्रमुखले आधा घण्टा बालबालिकाहरूलाई कक्षामै पुगेर पढाएका थिए।
जनकपुरधामको धरोहरको रूपमा रहेको सो विद्यालयको शैक्षिक अवस्था तथा शिक्षकहरूको समस्या बुझ्नका लागि उनी विद्यालय पुगेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार कक्षा १ कै विद्यार्थीहरूलाई पढाउनका लागि अन्य विद्यालयहरुमा समेत पुग्ने प्रदेश प्रमुखको लक्ष्य रहेको जनाइएको छ।
विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले विद्यालयमा प्रदेश प्रमुखको आगमनले शिक्षकहरूमा देखिएका कमी कमजोरी समेत उजागर भएको र यसले त्यसलाई सुधार्ने प्रेरणा मिलेको बताए।
मण्डलले भने, ‘कक्षा १ बाटै सबैको अध्ययन सुरू हुने भएकोले प्रदेश प्रमुखज्यूले कक्षा १ मै पढाउने इच्छा व्यक्त गर्नुभयो’। झाले कक्षा १ मा अध्ययनरत बालबालिकालाई पढाएपछि विद्यालयको जीर्ण भवन, शिक्षामा देखिएको बेथिति सुधार्न ल्याउनुपर्ने योजना लगायतको विषयमा शिक्षकहरूसँग कुराकानी गरेका थिए। वि.सं. २००४ सालमा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा अहिले ८ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
[ref-Spati]
हेर्नुहोस केहि फोटोहरु…




अन्तमा यो पनि हेर्नुहोस है…
बिप्लबले किन क्रान्ति सुरु गरेका रहेछन…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020