there is a strong possibility of return of the monarchy

‘जसपा देशको नेतृत्व गर्ने शक्ति हो, कसैको पुच्छर होइन’:- बाबुराम भट्टराई

National News News

The Mirror Desk,

काठमाडौँ, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हटाउने चर्चाबीच निर्णायकमध्ये एक मानिएको शक्ति जसपाका अध्यक्ष बाबुराम भट्टराईले जसपाले नै देशको नेतृत्व गर्न सक्ने उल्लेख गरेका छन्। भट्टराईले परम्परागत राजनीतिको अग्रगामी विकल्प खोज्नुपर्ने पनि बताए।

उनको पार्टी जसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटघाटलाई जारी राखेका बेलामा बाबुराम भट्टराईको यस्तो धारणा बाहिर आएको छ।

भट्टराईले ट्वीटरमा भनेका छन्, ‘यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो’। साथै उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरूद्ध कसैसँग सम्झौता गर्न नहुने अडान राखेका छन्।

साथै भट्टराईले आफ्नो पार्टी जसपा कसैको पुच्छर नबन्ने पनि बताएका छन्, उनको कथन छ, ‘जसपा कसैको पुच्छर हैन,आफैँ देशको नेतृत्व गर्ने शक्ति हो’। जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको पनि उनले संकेत गरेका छन्।

[ref-Spati]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *