The Mirror Desk
जनता समाजवादी पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्या भण्डारीलाई भेटेर नयाँ बन्न लागेको गठबन्धन सरकारमा जसपा सामेल नहुने स्पष्ट पारेका हुन।
शीतल निवासमा राष्ट्रपति भण्डारीलाई पत्र बुझाएपछि अबको गठबन्धनको नयाँ सरकारमा आफ्नो पार्टी सामेल नहुने कुरा उनीहरुले स्पष्ट पारेका हुन।
पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धनमा सहभागी हुने कुरा मिथ्या भएको भन्दै ठाकुर र महतोले त्यसमा पार्टीको समर्थन नरहेको बताएका छन।
राष्ट्रपतिले संयुक्त सरकार बनाउन आह्वान गरेपछि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत तीब्र पारेको छ। तीन दिनको समय सीमा भोलि राति नौ बजे सकिदैछ। तर पनि बहुमतको सरकार बन्ने सम्भाबना अत्यन्तै न्युन रहेको छ।
यदि बहुमतको सरकार बन्ने अबस्था भएन भने ठुलो दलको नाताले फेरि पनि के पी ओली नै प्रधानमन्त्री बन्ने सम्भाबना पनि प्रबल छ। हेर्दै जाउँ के के हुन्छ?
[ref-news24]
अन्तमा यो पनि हेर्नुहोस
हिमानी शाहको कति मिठो अन्तर्वार्ता
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team