‘जसले अध्यक्ष दिन्छ, म उतै जान्छु’:- बामदेब गौतम

National News News

The Mirror Desk,

काठमाडौँ, कुनै पनि समूहतिर नलागी पर्ख र हेरको स्थितिमा रहेका सत्तारुढ पार्टीका प्रभावशाली नेता हुन् बामदेब गौतम। उनि निकट सबै नेताहरु लाखा-पाखा लागिसक्दा पनि उनी बास्तबमा के चाहन्छन भन्ने कुरा रहस्यमया नै छ। उनि कुनै न कुनै रुपमा प्रधानमन्त्री के पी ओली प्रति केहि नजिक भएको जस्तो देखिए पनि त्यो कुरा पुस्टि भएको छैन।

गत सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै गौतमले आफू कुनै पनि समूहमा नलागेको र पार्टी एकताको पक्षमा उभिने बताए। उनले प्रस्ट रुपमा भने, ‘‘म कुनै पनि समूहमा छैन र जानका लागि यो अभियान चलाएको पनि होइन, जुन समूहले मलाई अध्यक्ष दिन्छन् त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकताको लागि काम गर्छु। उनले आफूले पार्टीमा बस्दा कुनै पनि गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको बताए। उनले अहिले आफु संग हरि पराजुलीबाहेक अरु कोही पनि नभएको कुरा स्वीकार गरे।

उनले दुवै समूहलाई एक बनाउनका लागि माघ १४ गतेदेखि ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्ने जानकारी पनि दिए। उनका अनुसार सो एकता अभियानको संयोजकमा गौतम, सहसयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा रहने छन्। अभियान घोषणाको दिनमा १७५ कार्यसम्पादन समिति र ५१ केन्द्रीय सदस्य समेत घोषणा गरिने उनले जानकारी दिए।

[ref-setopati]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *