The Mirror
नेपाल भारत सीमामा तारबार लगाएर चर्चामा आएका ठोरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष चुनावमा पराजित भए।
माओवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका उनलाई एमालेका शम्भु खड्काले पराजित गरेका हुन।
लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमामा काँडेतार लगाउन माग भइरहेको बेलामा उनले २०७४ सालदेखि ४ वर्ष लगाएर विकास बजेट कटौती गरेर सीमामा तारबार लगाएका थिए। उनले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए।
विजयी भएको पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र तेस्रो वर्ष ८ लाख रुपैयाँ बजेट छुट्याएर तारबार लगाएका थिए।
उनले ठुटे खोलादेखि ब्रह्मनगरसम्मको पाँच किलोमिटरमा तारबार लगाएका थिए तर उनको यो प्रयासलाई जनताले अनुमोदन गरेर चुनाव भने जिताएनन।
उनलाई सलाम छ
हेर्नुहोस यो भिडियो जहा उनले गरेको शाहस र हिम्मत र उनले किन यस्तो कदम चाले भनेर स्पस्ट पारेका छन।
हेर्नुहोस यो भिडियो…