The Mirror Desk,
काठमाडौँ, राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको श्रीविजया एयरको बोइङ ७३७ विमान समुन्द्रमा खसेको आशंका गरिएको छ।
श्रीविजया एयरको सो बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो। २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए जसमध्य १० जना शिशु र बालबालिका थिए।
दुई पाइलट र चार चालक दलका सदस्य थिए। ‘फ्लाइट राडर २४’ का अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो। यो विमान समुन्द्रमा खसेको आशंका गरिएको छ। समुन्द्रमा केही शंकास्पद बस्तुहरु पनि भेटिएको छ। स्थानिय प्रत्यक्षदर्शीहरुले सो बिमान समुन्द्रमा खसेको र आफुहरुले निकै ठुलो आवाज सुनेको बताए।
सोलिहिन नाम गरेका एक व्यक्ति जसले बिमान पानीमा झरिरहेको देखेका थिए त्यति बेला उनी समुन्द्रमा माछा मार्ने काम गरिरहेका थिए। उनले भनेका छन्, ”विमान विजुली झै समुन्द्रमा खस्यो र पानीमा भयानक विस्फोट भयो”।
उक्त दुर्घटना पछि विमानमा सबार सबै यात्रुहरुको निधन भएको हुनसक्ने अनुमान गरिएको छ।
[ref-mirror]
हेर्नुहोस केहि फोटोहरु





all pictures-Mirror
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Ico