The Mirror Desk,
काठमाडौं, हुनत जापान बारे प्राय राम्रो कुराहरुनै बाहिर आउने गर्छन। त्यहाको बिकास र सम्वृद्धिनै मुख्य कुरा हो र उनीहरुको अनुशासन पनि अग्रपंतिमा आउछ। तर कहिले काही जापानबारे अचम्मका कुराकानी पनि सुन्न पाईनछ। जापानमा बच्चाको जन्मदर लगातार घटिरहेको छ। त्यहीँ बीचमा अहिले त्यहाँ एउटा अनौठो कुरा देखा परिरहेको छ। लगातार बच्चाको जन्मदर घटेपनि कुकुर र बिरालो संख्या बढिरहेको छ। अहिले त बच्चाको संख्या भन्दा कुकुर बिरालोको संख्या धेरै भएको छ। जापानमा कुकुरकै लागि भनेर ठूला ठूला अन्तर्राष्ट्रिय ब्राण्ड डिजाइनर कपडा समेत बनिसकेका छन् ।
जापानमा सन् २०१४ मा १५ वर्ष मुनिका बालबालिकाको संख्या करिब १ करोड ६५ लाख थियो जबकि त्यस समयमा कुकुर बिरालोको संख्या २ करोड १३ लाख थियो। तर अहिले यो संख्या बढेको छ। जापानी दम्पत्तिहरु दुवैमा कामप्रतिको व्यस्तता र लगावका कारणले बच्चा जन्माउने चाहनामा समेत निकै कमी आइरहेको छ।

जापानीहरु पाल्तु जनावरको पालनपोषण तथा खानपिन र किनमेलका लागि मात्र होइन कि मरेपछि पनि अन्तिम संस्कारका लागि समेत लाखौँ खर्च गरिरहेका छन्। यदि जापानमा जनसंख्या वृद्धि यहि अनुपातमा जाने हो भने आगामी ५० वर्षमा त्यहाँको जनसंख्या घटेर ८ करोड हुनेछ भने सय वर्षमा त्यो ४ करोडमा झर्नेछ।
[ref-japantimes]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–