The Mirror Desk
दोस्रो पटक रियलको प्रशिक्षकको रुपमा काम गरेका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक पद छाड्ने भएका छन। उनले एक ला लिगा र एक स्पेनिस सुपर कप जितेर क्लब छाड्न लागेका हुन।
समाचारमा जनाइए अनुसार रियलले यस सिजन कुनै उपाधि जित्न नसकेपछि जिदानले क्लब छाड्न लागेका हुन्। ला लिगामा छिमेकी प्रतिद्वन्दी एट्लेटिको मड्रिड भन्दा पछि रहँदै रियल दोस्रो भएको थियो।

जिदानले आफूले क्लब छाड्ने जानकारी क्लबका निर्देशक र टोलीका केही खेलाडीलाई दिएका छन्।
जिदानले छाडेपछि उनको ठाउमा को आउछ भन्ने अझै निधो भैसकेको छैन। जिदान पछि मासिमिलियानो अलेग्री र इटालियन क्लब इन्टर छाडेका एन्टोनियो कोन्टे रियलमा आउने सम्भाबना छ।
रियलकै पूर्वकप्तान तथा रियल कास्टिलाका प्रशिक्षक राहुलको नाम पनि रियलको नयाँ प्रशिक्षकको रुपमा चर्चामा रहेको छ।
[ref-onlinekhabar]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team