internet

‘जुनसुकै बेला पनि इन्टरनेट काटिन सक्छ’

Business Science & Technology

The Mirror

देशका विभिन्न गरी नौ स्थानमा इन्टरनेट जुनसुकै बेला पनि काटिन सक्ने भएको छ। इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले नेपाल विद्युत प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो।

उक्त सङ्गठनले विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोटीमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको हो।

सङ्गठनले भनेको छ, ‘इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घरबेटी समेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ, प्राधिकरणले विद्युत कटौती गरेपछि ब्याकअप सिस्टमको प्रयोग गरिएको छ, ब्याकअप सिस्टमले धान्न छाडेपछि जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ’।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलभाडाको बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही स्थानमा विद्युत कटौती गर्न थालेको छ। रकम भुक्तानीका लागि पटक/पटक आग्रह गर्दासमेत भुक्तानी नभएपछि प्राधिकरणले विद्युत कटौती थालेको हो।

[ref-nagarik]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *