झलनाथको आक्रोश ”पानीजहाज खोइ, चुच्चे रेल खोइ, चुला चुलामा ग्याँस पाइप खोइ?”

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका नेता झलनाथ खनालले प्रधानमन्त्री के पी ओली प्रति आक्रोशपूर्ण टिप्पणी गरेका छन्। उनले राजधानीमा भएको एक विरोध सभामा बोल्दै अब के पी ओलीको दिनगन्ती सुरु भएको दाबी समेत गरे। उनले जब के पी ओली बालुवाटार छिरे अनि पार्टी, नीति र सिद्दान्त सबै बिर्सिएको आरोप पनि लगाए।

‘प्रचण्ड-नेपाल’ समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको चर्को आलोचना गरे। उनले पार्टीलाई भर्‍याङ बनाउदै सबै कुरा पोलेर खाएको आरोप लगाए। खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो र हामीलाई सुन्दै सुन्नु भएन”। काम गर्न नसकेको भनेर आफूहरुले प्रश्न गर्दा प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गरेको सुना। पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको उनले बताए। प्रधानमन्त्री ओलीले मरिचमान श्रेष्ठ र नगेन्द्रप्रसाद रिजालले जत्ति पनि काम गर्न नसकेको खनालले आरोप लगाए।

‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो। खोइ पानीजहाज ? खोइ घरघरमा ग्यास पाइप? खोइ चुच्चे रेल’ भन्दै उनले प्रधानमन्त्री को तिखो आलोचना गरे।

[ref-onlinekhabar]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

1 thought on “झलनाथको आक्रोश ”पानीजहाज खोइ, चुच्चे रेल खोइ, चुला चुलामा ग्याँस पाइप खोइ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *