Jhalanath Khanal

झलनाथ खनालको पार्टी आफ्नै क्षेत्रमा पराजित

National News News

The Mirror

ईलाममा स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार केही वडाको अन्तीम परिणाम आउन सुरु गरेको छ।

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार पराजित भएका छन।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षसहित ३ सदस्य विजयी भएका छन्। नेकपा (एस)का वडा सदस्यका उम्मेदवार भने नेकपा एमालेका उम्मेद्धारसंग पराजित भएका छन्।

उनको निर्वाचन क्षेत्रको सर्वाधिक चासोका साथ हेरिएको सूर्योदय नगरपालिकामा भने उनकै चिन्हका उम्मेद्धार झिनो मतान्तरले अघि रहेका छन्।

खनालको पुख्यौली घर रहेको वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार गायत्रीराम बस्नेत विजय भएका हुन्। उनले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्ष बनेका अम्बिकाप्रसाद गौतमलाई पराजित गरेका छन्।

बस्नेतले १ हजार ८१ मत ल्याएका छन् भने प्रतिस्पर्धी गौतमले १ हजार २२ मत ल्याए। महिला वडासदस्यमा कांग्रेसकै मनकुमार गुरुङ, महिला वडा सदस्य डायना राई र दलित महिला सदस्यमा मुनादेवी रसाइली विजयी भएका छन्।

गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका वडा सदस्यका उम्मेदवार इन्द्रबहादुर कटवाल भने पराजित भएका छन्। उनलाई एमालेका खड्गबहादुर गुरुङले पराजित गरेका हुन्।

[ref-annapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *