झाँक्रीको नयाँ ट्विट भाइरल, ‘बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ’

National News News

The Mirror Desk,

काठमाडौँ, नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ, सितको थोपा बनी मुस्कुराई रहनेछु भनेर एक नयाँ ट्विट सार्बजनिक गरेकी छन। आज साँझ तिर ट्विट गर्दै उनले ले यस्तो कुरा बताएकी हुन्। उनले माक्र्सवादीहरुले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेको हुने लेखेकी छन्।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन्। अदालतको फैसलाअनुसार उनको समुहका नेताहरु प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल, भिम रावल एमालेमा फर्कने जनाइसकेका छ तर उनले यो बारे आफ्नो केहि कुरा पनि सार्बजनिक गरेकी छैनन्।

तर, प्रधानमन्त्री के पी ओली पक्षधर नेता तथा कार्यकर्ताहरुले भने अब माधव नेपाल र उनका पक्षधर नेताहरु कुन मुख लिएर एमालेमा फर्किन्छन् भनेर कडा टिप्पणी गरिरहेका छन्। धेरै जसो पूर्व एमाले नेता तथा कार्यकर्ताहरुले झाक्री लाइ पार्टी बाट समेत निष्कासन गरिनु पर्ने भनेर प्रधानमन्त्री माथि चर्को दबाद दिइरहेका छन्। ठिक यहि बेला उनको नयाँ ट्विट सार्बजनिक भएको हो।

झाक्री नै हुन् जसले सबै भन्दा बढी प्रधानमन्त्री र रास्ट्रपति बिरुद्ध गालि गलौजमा उत्रेकी थिइन्। उनि निकै अराजक र अनुशासन बिहिन भएकोमा उनीमाथि निकै आक्रोश पनि पोखिएको थियो जुन अहिले पनि जारी छ।

उनले ट्विटमा लेखेकी छ, ‘प्रिय साथिहरू, सितको थोपा बनी मुस्कुराई रहनेछु। मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्। क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ।

[ref-Rnepal]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *