jhakri cry in interview

झाक्रीले रुँदै भनिन, ‘हामीले एमाले छोडियो, अब नयाँ पार्टी निर्माण गर्छौँ’ [भिडियो सहित]

National News News

The Mirror Desk

नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले एक टेलिभिजन कार्यक्रममा रुदै अन्तर्वार्ता दिएकी छन्। पार्टीमा फर्किएर काम गर्ने ढोका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै रहने सम्भावना नरहेको बताएकी हुन्। उनले राजनीतिमा एउटा अध्याय सकिएको बताउदै नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आएको बताइन।

अन्तर्वार्तामा भावुक हुँदै उनले भनिन, ‘आजदेखि एउटा अध्याय सकेर नयाँ बाटो बनाउँदैछौं, ओलीले आफ्नो सुविधाका लागि पार्टी एकता गर्नुभयो, अनि आफ्नै सुविधाका लागि पार्टी विभाजन गर्नुभयो, अब हामी एमाले भइरहने र त्यहीँ बसेर काम गरिरहने स्थिति रहेन’।

झाक्रीले थपिन, ‘ओलीले अदालतमा सेटिङ गरेरै पार्टी विघटन गरे, तरपनि हामीले फर्किएर एमालेमै रहेर काम गर्छौं भनिरहँदा उहाँले हामीलाई ढोका बन्द गर्नुभयो’।

प्रधानमन्त्रीले व्यक्ति व्यक्तिसँग डिल गरेर लोकतन्त्र र संविधान अनि कानूनको धज्जी उडाएको भन्दै प्रधानमन्त्री को चर्को आलोचना पनि गरिन।

झाक्री ‘नेपाल-खनाल’ समुहकी हुन्। उनले प्रधानमन्त्रीको आलोचनामै समय बिताउने गर्छिन। उनलाई उनकै समर्थकहरुले पनि अराजक र अनुसासन बिहिन भएको आरोप लगाउदै आएका छन।

उनि अन्तर्वार्तामा धरधरी रोएकी थिइन्।

हेर्नुहोस झाक्रीले बोलेका कुराहरु यो भिडियोमा

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *