The Mirror Desk,
काठमाडौँ, सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि पूर्व एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन्। सर्वोच्चले गत आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएको थियो। योसंगै एमाले र माओवादी केन्द्र अस्तित्वमा आए पछि तत्कालीन नेकपा ‘प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष माधव नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन्। उता तत्कालीन नेकपाका अध्यक्ष रहेका प्रचण्डले पनि पुरानो पार्टी माओवादी केन्द्रमार्फत नै राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेका छन्।
नेपाल समुह एमालेमै फर्किएपछि अहिले पूर्व एमाले नेता तथा कार्यकर्ताहरुले भिम रावल र राम कुमारी झाक्रीलाइ पार्टीको साधारण सदस्यबाट समेत निस्कासन गर्न चौतर्फी दबाद दिएका छन्। त्यसै गरी योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे लगाएत केहिलाई समेत कारबाही गर्न पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली सामु अनुरोध गरिएको छ।
एक नेताले भनेका छन्, ‘हिजो मदन भण्डारी र हजारौं कार्यकर्ताको रगत पसिना र ज्यान आहुति गरेर बनाएको पार्टी एमालेको पहिलो केन्द्रिय समितीको बैठकबाट रामकुमारी झाक्री र भिम रावललाई पार्टी को साधारन सदस्य र संसद बाट तुरुन्त निलम्बन गर्न म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष सम्माननिय केपि ओलि र सिङ्गो केन्द्रिय कमिटी संग जोडदार माग गर्द्छ ,मदन भण्डारी र श्रीमति बिध्या देवि भण्डारी लाई तथानाम गा ली बे इ ज्जती गर्ने पार्टी हितबिपरित कृयाकलाप गरेको अभियोग मा अनुसासन को कारबाही गरियोस तुरुन्त। झाक्रीको स्थानमा सुखानी हत्या कान्डमा मारिएका कुनै सहिदको परिवारलाई संसद बनाउन हार्दिक अपिल गर्दछु’।
अन्तमा यो पनि हेर्नुहोस है…
बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons