uml and congress

झापामा कांग्रेस-एमाले मिलेर राप्रपालाई हराए

National News News

The Mirror

रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको गृह जिल्ला झापाको कचनकवल गाउँपालिकामा कांग्रेस-एमालेको गठबन्धनले राप्रपाका उम्मेदवारलाई पराजित गरेका छन।

राप्रपाका उम्मेदवार अन्जरा आलमलाई हराउदै कांग्रेस-एमालेको गठबन्धनबाट कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी अध्यक्षमा विजयी भएका हुन। उनी अघिल्लो निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

राजवंशीले ११ हजार ४५७ मत ल्याएका छन् भने राप्रपाका अन्जरा आलमले ६ हजार ६६७ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा कांग्रेस-एमालेको गठबन्धनबाट एमालेका नवराज भट्टराई ८ हजार १४३ मत ल्याएर विजयी भएका छन।

त्यस्तै उनका प्रतिस्पर्धी राप्रपाकी निमसरी राजवंशीले ६ हजार ८०२ मत प्राप्त गरेकी छन्।

[ref-nepalkhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *