The Mirror Desk,
काठमाडौँ, प्रधानमन्त्री निकट नेता तथा खानेपानी मन्त्री मणि थापाले सम्बोधनको क्रममा झुक्किएर ‘श्री ५ को सरकार’ सम्बोधन गरेकोमा माफी मागेका छन्। आइतबार बिहान सोसल मिडिया मार्फत एक स्टाटस जारी गर्दै उनले क्षमा याचना गरेका हुन्।
गत शनिबार नेकपा ओली समुहले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गर्दा उनले नेपाल सरकार भन्नुपर्नेमा भुलवस ‘श्री ५ को सरकार’ भनेर सम्बोधन गरेका थिए। त्यसपछि उनले उक्त गल्तीलाई तत्कालै सच्याएको जनाएका थिए। त्यसपछि मन्त्री थापाको सम्बोधनको भिडियो सोसल मिडियामा निकै भाइरल भएको थियो अनि उनको तिव्र आलोचना भएको थियो।
उनले लेखेका छन्, ‘मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु, भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु, आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु’।
[ref-news24]
र अन्तमा यौ भिडियो पनि हेर्नुहोस है…
पूर्व लडाकु र प्रधानमन्त्री बीचको गोप्य भिडियो..
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon