dinanath sharma

झुम्राको पुतली खडा गरे पनि हाम्रा कार्यकर्ताले कांग्रेसलाई मतदान गर्छन्’:-दीनानाथ शर्मा

National News News

The Mirror

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा कुरा गर्दै माओवादी नेता दीनानाथ शर्माले ५ दलीय सहमतिबारे नेपाली कांग्रेसभित्रको विवाद सामान्य भएको बताएका छन।

‘नेपाली कांग्रेसभित्र एकदुई ठाउँमा विवाद देखिएको छ, एउटै पार्टीमा त असन्तुष्टि हुन्छ भने ५ दलीय गठबन्धनमा हुनु स्वाभाविक हो, नेपाली कांग्रेस जिम्मेवार पार्टी हो, उसका कार्यकर्ता लामो लोकतान्त्रिक अभ्यासबाट आएका हुन्, आफ्नो चित्त नबुझेको कुरालाई खुला रुपमा भन्नुलाई अन्यथा रुपमा लिनु हुन्न, ‘शर्माले भने’

उनले माओबादि ठुलो घातप्रतिघात र अन्तर्घातबाट धेरै हण्डर, ठक्कर खाएर यहासम्म आएका बताए।

उनले स्पस्ट रुपमा भने, ‘हाम्रा कार्यकर्ताले झुम्राको पुतली खडा गरे पनि कांग्रेसलाई मतदान गर्छन, माथिको निर्णय पालना गर्छन, दाया बया केहि हुदैन’।

उनले भरतपुर महानगरपालिकामा रेणु दाहालको विकल्प नभएको पनि दाबी गरे।

शर्माले थपे, ‘कसले कति भाग पायो भन्दा पनि संविधान र प्रणाली जोगाउनु ठूलो कुरा ठुलो हो,
कुरा संविधानको रक्षा र लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्छ कि गर्दैन भन्ने हो’।

उनले भने, ‘हामी कमजोर भएको भन्दा पनि संविधान र प्रणालीलाई केन्द्रमा राखेर उदार भएका हौं, नेपाली कांग्रेस र माओवादी नेतृत्वदायी र परिवर्तनको बाहक शक्ति भएकाले दुवै मिल्नु सामान्य कुरा हो’।

[ref-nayasamacharnepa]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *