टिकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी र लक्ष्मण थारुलाई जन्मकैद, थारुहट र थारुवान् आक्रोशित

National News

काठमाडौँ, कैलालीको टिकापुरमा भएको नरसंहार घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ भने मुख्य योजनाकार रेशम चौधरीलाइ भने यसअघि नै जन्मकैद हुने गरी गरिएको फैसलालाई नै सदर गरिएको छ।

कैलालीको टीकापुरमा “थरुहट आन्दोलन” को क्रममा २०७२ भदौ ७ मा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो। जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सांसद चौधरी उच्च अदालत गएका थिए। उक्त नरसंहारको घटनालाइ नेपाली इतिहासमा निकै दुखद र बर्बतापुर्ण हत्याकाण्डको रुपमा लिने गरिन्छ।उनि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद समेत हुन्। चौधरीलाई थुनामा रहेकै समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो। यौ हत्यामा संलग्न भएको आरोपमा अन्य धेरैलाइ अनेको किसिमको सजाए सुनुइएको छ।

यसैबीच जसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको सबैभन्दा पुरानो जातीको मुक्ति अभियानमा लागेका नेताहरूलाई पुन दोषी ठहर गर्नु निकै दु:खद भएको प्रतिक्रिया दिएका छन्। झापा बिद्रोह र जनयुद्धका नायकहरु सत्तामा भएको बेला थारु बिद्रोहको चाहिँ अपराधीकरण हुनु खेदजनक र बिडम्बनापुर्ण रहेको र उत्पीडित थारु जातीको अधिकार र पहिचानको लडाइँ अबश्य बिजयी हुने उनको भनाइ छ।

यौ फैसला संगै थारुहट र थारुवान् मोर्चाहरुले आक्रोश व्यक्त गरेका छन। उनीहरुले धनगढीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै थारुहट र थारुवान् राष्ट्रिय मोर्चाले उच्च अदालत दिपायलले रेशम चौधरीलगायतको मुद्दामा राजनैतिक पूर्वाग्रही राखेर फैसला गरेको आरोप लगाए। “पूर्णतया राजनीतिक पूर्वाग्रह राखेर फैसला गरिएको छ, यस प्रति हाम्रो आपत्ति छ” मोर्चा कैलालीका संयोजक माधव चौधरीले भने।[ref-N medias]

Leave a Reply

Your email address will not be published. Required fields are marked *