टेस्लाले राख्यो नयाँ कीर्तिमान, एक वर्षमा ५ लाख कार उत्पादन

Business Science & Technology

The Mirror Desk,

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले विद्युतीय कार उत्पादनको इतिहासमा नयाँ कीर्तिमान रचेको छ। गत वर्ष जम्मा ५ लाख कार निर्माण गरेर सो कृतिमान राखेको हो। यो संख्या कुनै पनि वर्षमा कम्पनीले उत्पादन गरेको सबैभन्दा ठूलो संख्या हो। ४ लाख ९९ हजार ५५० वटा कारहरु डेलिभर भैसकेका छन् भने बाकी कार डेलिभरिको क्रममा रहेका छन्। कोरोना महामारीका कारण कम्पनीको मुख्य उत्पादन केन्द्र दुई महिनाका लागि बन्द हुँदा पनि टेस्लाले ५ लाख कार उत्पादन गर्न सफल भएको छ।

चीनको सांघाईमा सन् २०१९ को अन्त्यतिरबाट नयाँ कारखान संचालनमा आएको थियो र २०२० मा उत्पादित प्राय कारहरु त्यहि उत्पादन गरिएको थियो। गत अक्टोबरमा टेस्लाका मालिक एलन मस्कले २०२० मा ५ लाख कार उत्पादन गर्ने घोषणा गरेका थिए। तर धेरै जसो विश्लेषकहरुले चाहिँ कम्पनीको उक्त लक्ष्य पूरा नहुने बताउदै आएका थिए।

कम्पनीले सन् २०२१ का लागि थप महत्वाकांक्षी योजना तय गरेको छ। जर्मनीको बर्लिन र अमेरिकाको टेक्सासस्थित अस्टिनमा कम्पनीको नयाँ उत्पादन केन्द्र सचालनमा आउने जनाएको छ। भारतमा समेत आफ्ना कार बिक्रि गर्ने कम्पनीको योजना छ।

सन् २०१९ मा विश्वको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी फक्सवागनले २०१९ मा १ करोड १० लाख कार बिक्री गरेको थियो भने सबैभन्दा ठूलो अमेरिकी गाडी निर्माता कम्पनी जनलर मोटर्सले ७७ लाख कार बिक्री गरेको थियो। संख्याका हिसाबले टेस्ला ती कम्पनीहरु भन्दा निकै पछाडी भएतापनि ऊ विश्वको सबैभन्दा मूल्यवान कार कम्पनी हो।

अहिले कम्पनीको कुल सम्पति लगभग ६ खर्ब ७० अर्ब डलर छ। जुन टोयोटा, फक्सवागन, डाइम्लर, जिएम, बिएमडब्लु, होन्डा, हुण्डाई र फोर्ड कम्पनीको संयुक्त मूल्यभन्दा पनि धेरै हो।

[ref-cnn]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *