kp oli gagan thapa

‘ट्युसन सेन्टर खोल्ने भए बालकोटमा कोठा र केहि बिधार्थी मिलाइदिन्छु’

National News News

The MIrror

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोट आएर ट्युसन पढाउने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिको खरो जवाफ दिएका छन।

एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार गरेको कार्यक्रममा ओलीले गगनको नाम नलिई ‘ट्युसन सेन्टर खोल्ने भए बालकोटमा कोठा र केहि बिधार्थीहरु मिलाइदिन्छु, भन्ने कडा उत्तर दिए’।

ओलीले भने, ‘पहिले बागबजारमा ट्युसन सेन्टर राखेर अनुभव भएकाले लाभदायक हुन्छ भन्ने लागेको होला, बालकोटमा पनि खोल्छु भने हुन्छ, मैले कहाँ रोकेको छु र’।

ओलीले एमालेको चुनावी घोषणापत्र चोरेको आरोप लगाएपछि कांग्रेस महामन्त्री थापाले एमालेले भनेको समृद्धि र कांग्रेसले भनेको सम्वृद्ध नेपालबीच के फरक छ भनेर ट्युसन पढाउन बालकोट आउने बताएका थिए।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *