ट्रम्पको निर्देशनमा अमेरिकी संसदमा भिषण आक्रमण र तोडफोड, ४ को मृत्यु [फोटो र भिडियो सहित]

International News News

The Mirror Desk,

काठमाडौँ, वाशिङ्टनस्थित अमेरिकी संसद भवनमा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको र राष्ट्रपतिमा जो बाइडन विजयी भएको औपचारिक र कानुनी रुपमा पुष्टि गर्ने कार्यक्रम थियो। यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा उनका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरे। समर्थकहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए। राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले असफल भएपछी हिंसा मच्चिएको हो। अहिले राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ।

करिब करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकामा भएको यो हिंसात्मक घटनाको सबैतिरबाट व्यापक रुपमा निन्दा भइरहेको छ। चुनावमा धाँधली भएको भन्दै ट्रम्पले प्रमाणविना आफ्ना समर्थकलाई हिंसा फैलाउन निर्देशन दिएपछि अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको छ। राष्ट्रपतिमा निर्वाचिन जो बाइडनले ट्रम्पलाइ हिंसा अन्त्य गर्न र संविधानको रक्षा गर्न अपिल गरेका छन्। भीड अनियन्त्रित र अराजक हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लागेका थिए।

यसै बीच राजधानी वाशिङ्टनमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्। ट्रम्पका समर्थकहरू इँटा, बोतल र बन्दुक बोकेर संसद भवनभित्र छिरेका थिए।

[ref-bbc]

भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोस

हेर्नुहोस हिंसाका फोटोहरु

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *