baburam bhattarai

डाक्टर भट्टराईले छुट्टै पार्टी खोल्ने

National News News

The Mirror

जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष रहेका बाबुराम भट्टराईले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन।

मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई पक्षको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो।

जसपाका केन्द्रीय कार्यकारणी सदस्य प्रशान्त सिंहले बुधबारको बैठकले पार्टी अलग हुने निर्क्योल गरेको बताए।

उनले उपस्थित केन्द्रीय कार्यकारणी सदस्य लगायत अधिकांश नेताले विपरीत विचार भएका नेतृत्वमा संघर्ष गरेर बस्नुभन्दा फरक पार्टी खोलेर वैकल्पिक राजनीति गर्नेमा एकमत राखेको बताए।

प्रशान्तले नयाँ पार्टी खोल्ने डा. भट्टराईले म्यान्डेड दिएको बताए। म्याडेन्ड पाउनेहरुमा प्रशान्तसँगै डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ, रमेश यादव, महिन्द्र यादव, हिसिला यमी, र केही समानुपातिक सांसदहरु समेत रहेको उनले सुनाए।

प्रशान्तले भने, ‘निर्वाचनमा आउनु अघि नै पार्टी निर्माण गरिसक्नु पर्नेछ, समय थोरै छ, प्रक्रिया छिट्टै अघि बढ्छ’।

जसपाको भट्टराई पक्षका केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले पनि आफूहरु नयाँ पार्टी खोल्ने प्रक्रियामा रहेको बताए।

उनले भने, ‘पार्टी पुनर्गठन र नयाँ पार्टी खोल्नु एउटै कुरा हो, छिट्टै पार्टीको केन्द्रीय समितिको बैठक बसेर नयाँ पार्टी खोल्ने प्रक्रियामा छौं’।

२०७६ वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ती पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो।

समाजवादी पार्टी २०७७ वैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग मिलेर जसपा बनेको थियो। समानुपातिक नेतृत्व प्रणाली, पार्टी विधान शैलीमा नचल्नु, अध्यक्षको एकलौटे कार्यशैली लगायतका मुद्दामा जसपामा भट्टराई र यावदबीच बढ्दै गएको मनमुटावले उत्कर्ष रुप लिएको हो।

यही मनमुटावका कारण यादव पक्ष वीरगन्जमा केन्द्रीय समीतिको बैठक बसेका छन् भने भट्टराई पक्षले काठमाडौंमा बैठक राखेका थिए।

[ref-ekantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *