oli and baburam

डा.बाबुराम भट्टराईको एमालेसँग मिल्न ओली समक्ष प्रस्ताव

National News News

The Mirror

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई उपेन्द्र यादबको पार्टी जसपाले पार्टीबाट निश्कासन् गरेको छ।

तर जसपा समाचारमा जनाईए अनुसार अध्यक्ष उपेन्द्र यादवसँगको समझदारीमा नै भट्टराई जसपाबाट अलग हुन लागेका हुन।

पार्टीमा विवाद चुलिएसँगै यादव र भट्टराईबीच पानी बाराबारको अवस्था थियो। यादवले एकलौटी निर्णय गरेको र सामूहिक नेतृत्बाट पार्टी चलाउन नसकेको भन्दै भट्टराई पक्षले अन्तिम सम्म दबाब सिर्जना गरेको थियो। तर पनि भट्टराईको केहि पनि चलेन।

पछिल्लो समय यादवले बहुमत कार्यकारिणी समितिका सदस्यहरुको बैठक राखेर पार्टीमा आफ्नो एकल हस्ताक्षरमा निर्णय गराउनेबारे निर्णय लिएका थिए।

यसले भट्टराईलाई नै सशंकित बनाएको कतिपयको चर्चा छ। जसपाबाट अलग भएपछी भट्टराईले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन।

यो बीचमा उनले माओवादी अध्यक्ष प्रचण्डसँग पनि थुप्रैपटक भेटवार्ता गरेका छन। यो भेटलाई कतिपयले दाहाल र भट्टराईबीच पूनः सहकार्यको सम्भावनाबारे पनि चर्चा गर्न थालेका छन।

दाहालसँगको भेटवार्ताकै दौरान भट्टराईले आगामी निर्वाचनमा एमालेसहितको नयाँ मोर्चा बनाउने गरि पनि छलफल अघि बढाएको पाईएको छ। उनले एमाले, आफूहरु र महन्थ ठाकुर नेतृत्वको लोसपाको छुट्टै गठबन्धन बनाउनेबारे प्रस्ताव गरेको बुझिएको छ। एमालेसँगको सहकार्यको लागि लोसपा पनि सकारात्मक छ।

एमालेले पनि चुनावी सहकार्यको लागि सकारात्मक सन्देश दिएको छ। लोसपाका अध्यक्ष ठाकुरले एमाले, लोसपा र बाबुराम पक्ष मिलेर चुनावमा जाँदा राम्रो नतिजा आउने भन्दै यसबारेमा छलफलको माध्यमबाट एउटा निश्कर्षमा पुग्न सकिने बताएका छन।

यसै क्रममा भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमालेसंग मिलेर जाने प्रस्ताब गरेको भएपनि ओलीले औपचारिक रुपमा केहि बताएका छैनन् तर एमालेका अरु नेताहरुले यो प्रस्ताब सकरात्मक रहेको जनाएका छन।

[ref-merosathi]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *