डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

International News News

The Mirror Desk,

लण्डन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट (@realDonaldTrump) ट्वीटरले सधैको लागि बन्द गरिदिएको छ। उनका ट्वीटले अमेरिकामा हिंसा भड्किएको र हिंसालाइ उक्सवट गरेको भन्दै कम्पनीले उनको अकाउन्ट सधैका लागि बन्द गरिदिएको जानेको छ। यसअघि ट्वीटरले १२ घन्टाको लागि मात्रै प्रतिबन्ध लगाएको थियो। ट्वीटर अकाउन्ट बन्द हुनुअघि ट्रम्पले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति बाइडनले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा आफुले भाग नलिने जनाएका थिए।

ट्वीटरले आफ्नो बयानमा भनेको छ, ”राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र @realDonaldTrump अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो”।

यस अघि फेसबुक र इन्स्टाग्रामले उनको अकाउण्ट ट्रम्प रास्ट्रपति हुदासम्म (२०-जनवरी २०२१) सम्मका लागी बन्द गरिसकेका छन्। सबै कम्पनीहरुले ”उनका पोस्टहरुले हिंसा भड्काएको आरोप लगाएका छन् जुन आफ्नो कम्पनीको नियम बिपरित हुन्छ” भनेका छन्।

[ref-cnn]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Ico

Leave a Reply

Your email address will not be published. Required fields are marked *