The Mirror Desk,
लण्डन, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन्। ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन। ट्वीटरका सिएफओ नेड सेगलले ट्रम्पविरुद्ध ट्वीटरले लगाउने प्रतिबन्ध स्थायी भएको प्रष्ट पारेका हुन्।
गत जनवरीमा ह्वाइटहाउसबाट बहिर्गमन हुनु अगाडि ट्रम्प समर्थकले अमेरिकी संसद भवनमा हिंसा मच्चाएको घटना पश्चात् ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको हो। उनले भविष्यमा पनि हिंसा मच्चाउने जोखिम भएको भन्दै ट्वीटरले उनको अकाउन्टलाई स्थायी रुपमा प्रतिबन्ध लगाएको हो। ट्वीटर मात्र नभएर युट्युब तथा फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्महरुले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाएका छन्।
कम्पनीले भनेको छ, ‘हाम्रो नीति भनेकै जब तपाइँलाई प्लाटफर्मबाट हटाइन्छ तब तपाइँ सधैका लागि हटाइनुहुन्छ, चाहे तपाइँ टिप्पणीकार हुनुहोस् वा प्रमुख वित्तिय अधिकारी तथा पूर्व वा वर्तमान सार्वजनिक अधिकारीहरु सबैको हकमा यो लागू हुन्छ, स्मरण रहोस् मानिसहरुले हिंसालाई प्रवद्र्धन नगरुन् भन्नका लागि हाम्रा नीतिहरु तय गरिएको हुन्, यदि कसैले त्यसो गर्दछ भने हामीले त्यस्तालाई हटाउँछौँ र हाम्रो नीति अनुसार उनीहरुलाई पुनः आगमन गर्न अनुमति हुँदैन’
[ref-thegurdian]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020