डोनाल्ड ट्रम्पले ‘मतपरिणाम उल्टाउ र मलाई जिताउ’ भनेको कल रेकर्ड सार्वजनिक

International News News

The Mirror Desk,

वाशिङ्टन, नयाँ अमेरिकाको रास्ट्रपतिमा जो बाइडेन बिजय भएपनि डोनाल्ड ट्रम्पले अझै सम्म औपचारिक रुपमा आफ्नो हार स्वीकार गरेका छैन न त जो बाइडेन लाई बधाई नै दिएका छन्। यसको साटो सोसल मिडियामा तर्कहीन कुराहरु गरेर आफ्नो स्वभावको परिचय दिईरहेका छन।

भर्खरै मात्र एउटा कल रेकर्ड सार्बजनिक भएको छ जसमा ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत “खोज्न” भनेका छन्। वाशिङ्टन पोस्टले सो कल रेकर्ड सार्वजनिक गरेको थियो। उक्त कल रेकर्डमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, “म मात्र ११,७८० भोट खोज्न चाहन्छु”। तर त्यसको उत्तरमा रफेन्सपोगरले जोर्जियाको नतिजा सही भएको बताइरहेको सुनिन्छ। कलमा रफेन्सपोगरले भनेका छन्, “तपाईँको चुनौती भनेको के हो भने राष्ट्रपतिज्यू तपाईँसँग भएको तथ्याङ्ग गलत छ”। जोर्जियामा जो बाइडनले जितेका छन्। भर्खरै भएको निर्बाचनमा बाइडनले कुल ३०६ इलेक्टरल मत पाएका छन् भने ट्रम्पले मात्र २३२ पाएका छन्।

नोभेम्बर-३ मा भएको मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् तर उनले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन्। ५० वटै राज्यहरूले चुनावी नतिजालाई प्रमाणित गरिसकेका छन्। डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले ज्यानुअरी-२० मा अमेरिकी राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्ने छन्।

[ref-bbc]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *