‘डोनाल्ड ट्रम्प’ बिरुद्ध फेसबुक, इन्स्टाग्राम, ट्वीटर र युट्युबको प्रतिबन्द

International News News

The Mirror desk,

लण्डन, प्रमुख तिन सक्तिशाली सोसल मिडियाहरु ‘फेसबुक, ट्वीटर र युट्युब’ ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फरक फरक तरीकाले प्रतिबन्द लगाएका छन्। बुधबार उनकै निर्देशनमा अमेरिकाको वाशिङ्टनस्थित ‘क्यापिटोल हल’ मा भएको अराजक आक्रमण र हिंसात्मक प्रदर्शनको बिषय र उनले गरेका तथ्य र आधारहीन पोस्टकोलाई आधार बनाएर उनी माथि प्रतिबन्द लगाइएको उनिहरुले जनाएका छन। उनले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाएका थिए।

ट्वीटरले आफ्नो नियम र आचारसमीताको पालना नगरेको कारण ट्रम्पमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेको छ। कम्पनीले ट्रम्पले गलत र तथ्यहिन दाबी गरेका पोस्टहरु नहटाएसम्म उनको अकाउन्ट लक रहने बताएसकेको छ।ट्वीटरले यदि ट्रम्पले अझै पनि आफ्नो नियमको बेवास्ता गरे उनको अकाउन्ट सदाकालागि बन्द गरिदिने चेतावनी समेत दिएको छ।

यसैबीच अर्को सोसल मेडिया फेसबुकले पनि ट्रम्पको अकाउन्टमाथि २४ घण्टाको प्रतिबन्ध लगाएको छ। फेसबुकले अहिले हिंसा भड्काउने किसिमका पोस्टहरु खोज्ने र हटाउने काम भइरहेको बताएको छ। यदि उनले आफ्ना नियमहरु पालना नगरे ट्रम्पको फेसबुक अकाउण्ट सधैको लागि बन्द गरिदिने चेतावनी दिएको छ।

यसै गरी इन्स्टाग्राम ले पनि २४ घन्टाको लागि ट्रम्पको अकाउन्ट्स लक् गरेको छ।

यसअघि अर्को भिडियो प्लटफम युट्युबले निर्वाचनमा धाँधली भएको आरोपबारेको गलत समाचारलाई रोक्दै आएको थियो। युट्युबले तथ्यहिन समाचारलाई अप्लोड गर्न प्रतिबन्द लगाउदै आएको छ। युट्युबले ट्रम्पलाई नियमहरुको पालन गर्न बारम्बार चेतावनी दिदै आएको थियो।

[ref-bbc]

हेर्नुहोस केहि फोटोहरु

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

2 thoughts on “‘डोनाल्ड ट्रम्प’ बिरुद्ध फेसबुक, इन्स्टाग्राम, ट्वीटर र युट्युबको प्रतिबन्द

  1. Thanks for the news. it was really fruitful reading this news and the news’ message was really awesome. with regards to him restrictions are not enough. he should be behinds the bars (jail) for his heinous criminal activities in the 250 years democratic history of the USA.

Leave a Reply

Your email address will not be published. Required fields are marked *