tesla care crash into tree killing two

ड्राइभरबिना गुडिरहेको टेस्ला कार दुर्घटनाग्रस्त हुँदा दुईजनाको मृत्यु

Science & Technology

The Mirror Desk

टेस्लाको ड्राइभरबिना चल्ने एउटा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गत शनिबार राति उक्त कार रोडबाट बाहिर गएर एउटा रूखमा ठोक्किएको थियो। रूखमा ठोक्किएपछि कारमा आगो लागेको जनाइएको छ।

दुर्घटनापछि उद्धारकर्मीहरू पुग्दा एक जनालाई ड्राइभर सँगैको यात्रु सिटमा र अर्कालाई पछाडिको सिटमा फेला पारेका थिए अर्थात् चालकको सिटमा कोही पनि थिएनन्।

टेस्लाका सीइओ एलन मस्कले गत जनवरीमा पूर्णस्वचालित प्रणालीसहितका कारबाट कम्पनीको नाफा निकै बढ्ने अपेक्षा रहेको बताएका थिए।

टेस्लाले बनाएका अर्धस्वचालित कारमाथिको नियामक निकायले निगरानी बढाएका बेला यो दुर्घटना भएको हो। टेस्लाले आफ्ना कारहरूमा अर्धस्वचालित प्रणालीलाई छिट्टै पूर्ण स्वचालित बनाउने तयारी गरिरहेको छ।

उक्त भयानक दुर्घटनाबारे टेस्ला कम्पनी र सीइओ एलोन मस्कले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

[ref-theguardian]

tesla care crash into tree killing two

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *