Binod Chaudhary

ड्राईभर फेरिँदैमा थोत्रो गाडी कुद्न सक्दैन’-विनोद चौधरी

Business National News News

The Mirror

नेपाली अर्बपति, व्यवसायी तथा संघीय संसदको सदस्य समेत रहेका नेपाली काँग्रेसका नेता विनोद चौधरीले ड्राइभर फेरिँदैमा थोत्रो गाडी कुद्न नसक्ने बताएका छन्।

उनले मुलुकको आर्थिक कार्यप्रणली तथा संरचनात्मक व्यवस्था नै गलत रहेको बताउदै जतिसुकै राम्रो बजेट आएपनि वा नीति तथा कार्यक्रम आएपनि त्यसले काम नगर्ने र मुलुक आर्थिक संवृद्धिमा जान नसक्ने स्पस्ट पारे।

चौधरीले भने, ‘जेठ ४ गतेसम्म चालु आर्थिक वर्षको ३१ प्रतिशत मात्र बजेट खर्च हुन्छ भने सोबाट आर्थिक उन्नती, विकास र संवृद्धि हामीले कसरी खोज्ने रु मुलुकको समस्या र आवश्यकता एकातिर छ तर हामी अर्कोतर्फ कुदिरहेका छौं, यसतर्फ हामी किन जिम्मेवार हुन सक्दैनौं’।

उनले निकै गम्भीर हुदै भने, ‘ड्राईभर फेरिँदैमा थोत्रो गाडी कुद्न सक्दैन’

चौधरीले सरकारमाथि प्रश्न गर्दै भने, ‘युवामा नेपालमा बस्नै चाहँदैनन, शैक्षिक संस्था चलाउनको लागी राज्यले वातावरण नै दिन सक्दैन, व्यापार व्यवसाय गरौं न त भन्यो व्यवसायिक सुरक्षाको कुनै ग्यारेन्टी छैन, रोजगारी छैन, अनि कसरी युवाहरु स्वदेशमा टिक्न सक्छन, शैक्षिक गतिविधिकै नाममा लाखौ युवाहरु विदेश पलायन भइरहेका छन्, शिक्षाको नाममा यसैवर्ष मात्र ४३ अर्ब रुपैयाँ बाहिरिएको छ, यसलाई रोक्ने योजना तथा भिजन खै’?

सरकारले मुलुकमा रोजगारीको सिर्जना नै गर्न नसकेको भन्दै व्यवसायी चौधरीले अघिल्लो सरकारको समेत आलोचना गरे।

उनले केपी ओली सरकारको आलोचना गर्दै भने, ‘अघिल्लो सरकारले ७ लाख युवालाई रोजगारी दिने घोषणा गरेको थियो, खै कहाँ कति रोजगारी सिर्जना भयो, कतिले पाए रोजगारी रु ७ लाख भनिएकोमा ७० हजारले पनि पाएनन, अलिअलि केके रोजगार कार्यक्रमका नाममा बाँडिएको पैसा पनि क–कसले फाइदा लिए त्यो हामीलाई थाहा छ’

हरेक वर्ष मुलुकमा ५ लाख युवा रोजगार मार्केटमा आउने गरेपनि राज्यले ५० हजारलाई पनि रोजगार दिन नसकेको उनले गुनासो छ।

रोजगारीका लागि कि त युवाहरु दुबई कतारको प्लेनको सिट भरिनुपर्ने, कि त भरतपुरको रेलको सिट भरिने बाध्यता रहेको उनले बताए।

संघीय संसदमा हिजोदेखि जारी विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनेले यस्तो बताएका हुन।

[ref-nayasamachar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *