prachanda

‘तत्काल नयाँ सरकार गठन निकै कठिन’:- प्रचण्ड

National News News

The Mirror Desk

हिमालय टेलिभिजनको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार गठनको संकेत नदेखिएको बताएका छन।

प्रचण्डले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत नदेखिएको बताए। प्रचण्डले अहिले आफूले चाहेर मात्रै सरकार बन्न नसक्ने स्पस्ट पारे।

उनले कति दिनमा सरकार बन्छ भन्ने कुरा निकै गारो भएको पनि बताए। उनले भने, ‘यसो छाँट हेर्दा त होला जस्तो छैन पो देखिंदै छ त, ‘जसपा’ ले निर्णय गर्दैन, ‘जसपा’ ले निर्णय नगरी कांग्रेस पनि तयार हुँदैन, म त अहिले होस् भन्ने चाहान्छु तर मैले चाहेर मात्र सम्भब हुदैन’।

उनले ‘एमसीसी’ मा रहेका केही अस्पष्ट विषयलाई स्पष्ट गर्ने, केही परिमार्जन गर्ने र जरुरी पर्दा चिठी आदान–प्रदान मार्फत संशोधन गर्नुपर्ने पक्षमा आफू रहेको उनले बताए । ‘एमसीसी’ लाई हामीले आउराइट रिजेक्ट (पूर्णरुपमा अस्वीकार) कहिले पनि गरेका छैनौ।

प्रचण्डले माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन नदिएकाले विश्वासको मत फिर्ता पनि लिनु नपर्ने तर्क गरे। प्रचण्डले भने, ‘हामीले बढीभन्दा बढी गर्ने भनेको अब हाम्रो समर्थन रहेको छैन भनेर लेखेर दिने हो, फिर्ता लिने होइन। समर्थन दिएकै छैन कसरी फिर्ता लिने’।

[ref-Okhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *