maobadi

‘तपाईं आफूलाई ‘कम्फर्टेबल’ हुने गरी महासचिव बनाउनुस’

National News News

The Mirror

माओवादी केन्द्रको महासचिवको प्रमुख दाबेदारहरू वर्षमान पुन र जनार्दन शर्माले पार्टी अध्यक्षले जसलाई महासचिव बनाए पनि आफूहरूले स्वीकार्ने बताएका छन्।

माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा पुन र शर्माले आफूलाई ‘कम्फर्टेबल’ हुने गरी पदाधिकारी चयन गर्न समेत सुझाव दिए।

‘उहाँहरू दुवै जनाले म आफैं हुनुपर्छ भन्ने अडान छोड्नुभएको छ, अब तेस्रो व्यक्ति महासचिव हुन पनि सक्छ, अध्यक्षले उहाँहरूमध्ये एकलाई बनाउन पनि सक्नुहुन्छ अध्यक्षलाई सजिलो भएको छ’।

माओवादीमा महासचिवका लागि पुन र शर्मासँगै ऊर्जामन्त्री पम्फा भुसाल शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल र गिरिराजमणि पोखरेलले पनि दाबी छ।

पुन र शर्माले मात्र नभई बैठकमा सहभागी सबै नेताले प्रचण्डले ल्याएको प्रस्तावमा असहमति नजनाउने प्रतिबद्धता जनाएको एक नेताले बताए।

एक नेताले भने, ‘हामी सबैले अध्यक्षले ल्याएको प्रस्तावमा असहमति नजनाउने भनेका छौं, अध्यक्षले केन्द्रीय कमिटी बैठकमा पेस गरेको प्रस्तावमा चित्त नबुझे पनि बैठकमा नभन्ने समेत हामीले प्रतिबद्धता जनाएका छौं भन्नै परेमा व्यक्तिगत रूपमै भन्छौं भनेका छौं’।

खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले अर्को बैठकमा पोलिटब्युरो, स्थायी र पदाधिकारी चयन गर्ने जानकारी गराएका थिए। उनले आफूले ल्याउने प्रस्तावमा मतदानमा नजान समेत आग्रह गरेका थिए।

गत पुसमा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो।पदाधिकारी चयनको जिम्मेवारी भने केन्द्रीय कमिटीलाई दिएको थियो।

माओवादी केन्द्रमा कति पदाधिकारी रहने भनेर अझै पनि टुंगो लागेको छैन।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *