ck raut

तराई-मधेशमा सीके राउतको धमाका

National News News

The Mirror

डा. सीके राउतको जनमत पार्टीले प्रारम्भिक मतगणनामा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको छ। उसले ७ वटा पालिकामा अग्रता लिइरहेको छ भने २० वटामा निकै कडा प्रतिस्पर्धा गरिरहेको छ।

मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, वलानविहुल गाउँपालिका, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा जनमत पार्टीले अग्रता लिईरहेको छ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा जनमत पार्टीका मेयर पदका उम्मेदवार इन्द्रदेव कौगडिया, हनुमान नगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी, वलान विहुल गाउँपालिकामा अध्यक्ष पदमा जनमत पार्टीका खेमचन्द्र यादवले अग्रता कायमै राखेका छन।

त्यसै गरी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीका उम्मेदवार जितेन्द्रकुमार यादवले अग्रता कायम राखेका छन् ।

त्यस्तै, रुपन्देहीको मर्चवारी गाउँपालिकामा २ हजार ४३६ मत गणना गर्दा जनमत पार्टीका अध्यक्ष पदका उम्मेदवार मुरलीधर कुर्मीले ८१७ मत ल्याएर अग्रता कायम गरेका छन। नेपाली कांग्रेसका ज्ञानप्रकाश मिश्रले ७१३ , लोकतान्त्रिक समाजवादी पार्टीका केशबनन्द बनियाले ४३६, जनता प्रगतिशील पार्टी नेपालका गयाप्रसाद बरईले २७८ मत ल्याएका छन।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ताले अग्रता लिएका छन। सम्मरीमाई गाउँपालिकामा जनमत पार्टीका अध्यक्षका उम्मेदवार रामरतन केवटले अग्रता लिएका छन।

जनमत पार्टीका अध्यक्ष राउतले २० वटा पालिकामा जनमत पार्टी प्रतिस्पर्धामा रहेको बताए। मतगणनास्थलमा प्रहरी, प्रशासनदेखि अन्य राजनीतिक दलका नेताहरूले धाँधली गरिरहेको उनको आरोप छ।

राउतले भने, ‘कतिपय मतगणनास्थलमा हाम्रो पार्टीको उम्मेदवारलाई पनि जान दिइएको छैन, कतिपय ठाउँमा प्रतिनिधिलाई पनि जान दिइएको छैन, कतिपय स्थानमा त वडाध्यक्ष जितेको भए पनि आयोगले धाँधली गर्दै अन्य उम्मेदवारलाई जिताएको घोषणा गरेका छन’।

सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदमा जनमत पार्टीको उम्मेदवारले जितेको उनको दाबी छ ।

तर, निर्वाचन आयोगले पछि घोषणा गर्दा २२ मतले अन्य उम्मेदवार जितेको घोषणा गरेर धाँधली गरेको राउतले आरोप लगाए।

[ref-lokaantar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *