Taliban

तालिबान शासकविरुद्ध नयाँ युद्ध सुरु गर्ने पूर्व सैनिक जेनरलको उद्घोष

International News News

The Mirror

अफगान सेनाका एक भूतपूर्व वरिष्ठ अधिकारीले आफू तथा अन्य कैयौँ पूर्वसैनिक र राजनीतिज्ञहरूले तालिबान विरुद्ध सैनिक कारबाही गर्न लागेको बताएका छन्।

समयतालिका स्पस्ट नभएपनि पनि लेफ्टिनन्ट जेनरल सामी सदातले उक्त कारबाही चाँडोमा ईदलगत्तै सुरु हुन‍सक्ने बताए।

सदातका अनुसार त्यतिबेला उनी आफू पनि अफगानिस्तान फर्किनेछन्। गत अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गर्दा भर्खरै उनले अफगान विशेष फौजको नेतृत्व सम्हालेका थिए।

लेफ्टिनेन्ट जेनरल सामी सदात [pic-bbc]

अफगानिस्तानमा २० वर्षसम्म कारबाही चलाएको अमेरिकी नेतृत्वको नेटो सैनिक सङ्गठन फिर्ता भएको १० दिनभित्र कट्टरपन्थी इस्लामिक समूह तालिबानले अफगानिस्तानको शासन आफ्नो नियन्त्रणमा लिएको थियो।

त्यसयता आठ महिनासम्म अफगान जनताले तालिबानको कठोर शासन खेप्नुपरिरहेको उनले बताए।

उनले भाबुक हुदै भने, ‘प्रत्येक दिन बिहान उठ्दा तालिबानले थप बर्बरतापूर्ण काम गरेको समाचार आउँछ, यातना, हत्या, जबरजस्ती बेपत्ता पारेका अनि खानेकुराको अभाव र बालबालिकाको कुपोषणजस्ता कुरा, पश्चिमा समाजलाई ‘तालिबानलाई केही समय देऊ’ भन्न सजिलो छ, तर त्यो भोग्नेलाई गाह्रो छ’।

उनलाई गत अगस्टमा अफगान स्पेशल फोर्सको प्रमुखमा नियुक्त गरिएको थियो। तर अफगान विशेष फौजको नेतृत्व सम्हाल्न उनी काबुल पुगेकै दिन तालिबानले सत्ता हातमा लियो र राष्ट्रपति असरफ गनीले देश छोडे।

युद्धको विकल्प भए नभएको विषयमा गरिएको प्रश्नमा सदातले तालिबान उदारवादी शक्तिमा रूपान्तरण भए नयाँ उदारवादी सरकारको हिस्सा बन्न सक्ने बताए।

“हामी तालिबानको विरुद्धमा छैनौँ,” आफूहरूको उद्देश्य देश तालिबानका लागि मात्रै नभएर सबैलाई बस्नयोग्य बनाउने रहेको दोहोर्‍याउँदै उनले भने।

pic-bbc

सदातले अफगानिस्तानलाई पुनः स्वतन्त्र बनाउन तालिबानविरुद्ध सशस्त्र युद्ध सुरु गर्ने विषयमा अभिव्यक्ति दिएको भिडिओ हालै सञ्चारमाध्यमहरूमा आएको छ।

सदात अफगानिस्तानमा तालिबानको प्रतिरोध गरिरहेको प्रमुख समूहमध्येको एनआरएफसँग सम्पर्कमा रहेको बताइएको छ। उनले आफूहरू अहमद शाह मसूदका छोरा अहमद मसूदका लडाकुहरूसँग पनि सम्पर्कमा रहेको बताए। सञ्चारमाध्यममा बाहिरिएको भिडिओमा उनले आफू उक्त समूहका नेतासँगको सम्पर्कमा रहेको स्वीकारेका छन्।

उनले तालिबानले आठमहिने शासनकालमा राजनीतिक उद्देश्यका लागि कुरान र धार्मिक ग्रन्थहरूको दुरुपयोग गरेको आरोप लगाएका छन्।

आफूले सुरुमा तालिबानको कामगराइ १२ महिनासम्म हेर्ने विचार गरे पनि उनीहरू नसुध्रिएका कारण त्यसअघि नै विद्रोह सुरु गर्ने तयारीमा जुटेको उनको भनाइ छ।[यो समाचार BBC मा छापिएको छ]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *