Madhav Nepal

‘तीनै तहको चुनावमा पाँच दल मिलेर एमालेलाई पत्तासाफ पार्छौ’:- माधव नेपाल

National News News

The Mirror Desk

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले अब हुने तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जाने र गठबन्धनको बलमा एमालेलाई पतासाफ पर्ने बताएका छन।

तर उनले अहिले नै चुनाव हुने अवस्था नरहेको भएपनि ०७९ चैतभित्र तीनै तहको चुनाव हुने बताए।

रामेछापको पार्टी प्रवेश कार्यक्रममा नेपालले भने, ‘चुनाव चैत वा वैशाखमा गर्ने चर्चा भइरहेको छ। ०७४ मा तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो। चुनावपछि जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुन्छ, ०७४ असोजमा चुनावबाट आएकाहरूको कार्यकाल कहिलेसम्म मान्ने, बहस चलेको छ’।

उनले एमाले प्रति आक्रोशित हुदै नेकपा एमालेबाट आशा गर्ने ठाउँ नरहेको दाबी गर्दै भने, ‘प्रतिपक्षबाट आशा गर्ने ठाउँ रहेन, हामीले लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न, गणतन्त्र बलियो बनाउन र विकासको नयाँ अभियान अगाडि बढाउन चाहेका छौं’।

अहिले सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन्। आउँदो चुनावमा पनि यो गठबन्धन कायमै राखिने दाबी नेपालको थियो।

सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर संविधानअनुसार बनाउने तयारी गरेका छन्। उक्त ऐनमा कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै स्थानीय तहको चुनाव हुनुपर्ने उल्लेख थियो। संविधानसँग उक्त कानुन बाझिएकोले संशोधन गर्न केही संविधानविदहरूले पनि सुझाव दिएका थिए।

[ref-setopati]

…र अन्तमा यो पनि

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *