The MIrror Desk
चीनमा गरिब पुरूषहरूले विवाहका लागि केटी नपाउने समस्या निकै बढी भैरहेको जनाइएको छ।
समाचारमा जनाइए अनुसार, गत वर्ष चीनमा १ करोड २० लाख बच्चा जन्मिए। तीमध्ये १०० जना छोरी जन्मिँदा १११.३ जना छोरा जन्मे। सन् २०१० को तथ्यांकभन्दा यो अनुपात यसपालि केही घटेको हो। त्यतिबेला १०० छोरी जन्मिदा ११८.१ छोरा जन्मिने गरेका थिए।
त्यसकारण चीनमा झन्डै ३ करोड केटाहरू विवाह गर्ने केटी नपाएर अविवाहित बसेका छन। भर्खर मात्र सार्वजनिक भएको चिनको सातौं जनगणनाको तथ्यांक अनुसार छोरीहरूको जन्मदर केही बढेको देखाए पनि धेरै अभिभावकले छोरा जन्माउने प्रवृत्ति कायम रहेकाले विवाहका लागि केटी नपाउने समस्या अझै केही बर्ससम्मा रहिरहने अनुमान गरिएको छ।
चीनमा सामान्यत केटाहरूले आफूभन्दा कान्छी केटीसँग विवाह गर्छन्। अहिले त केही केटाहरू विवाहका लागि निकै बुढा भइसकेका छन्। अर्कातिर अहिले धेरै महिलाहरू एक्लै बस्न थालेका छन। यसले विवाह प्रणालीलाई नै समस्यामा पारिदिएको छ।
सन् १९७९ मा सुरू भएर २०१६ मा सकिएको चीनको ‘एक बच्चा’ नीतिले पनि छोरीहरू गर्भमै मारिने र छोरामात्रै जन्माउने प्रवृत्तिलाई बढवा दिएको बिश्वास गरिन्छ।
चीनको तथ्यांक विभागले अहिले चीनमा एक महिला सरदर १.३ बच्चा जन्माउँछन्। जबकी जनसंख्याको स्थायित्वका लागि त्यो दर २.१ प्रतिशत हुनुपर्छ।
[ref-setopati]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team