The Mirror Desk,
सोल, दक्षिण कोरियाले बिमान भन्दा पनि छिटो कुद्ने रेलको सफल परीक्षण गरेर बिश्व रेकर्ड कायम गरी सबैलाई चकित परेको छ। आफु बिज्ञान र प्रविधिमा अब्बल रहेको संदेश साउथ कोरियाले बिश्वसामु दिएको छ।
कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ ले उक्त रेलको सफल परीक्षण गरेको हो। ‘हाइपरट्युब’ नाम गरेको उक्त रेल कोरियाको ‘हाइपरलुप’ रेलको नयाँ संस्करण हो। कोरिया सरकारले ‘हाइपरट्युब’ प्रोजेक्टका लागी सन् २०१७ देखि काम शुरु गरेको थियो। गत बर्सको सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो रेल प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो। अहिलेको रेलमा पहिले भएका ‘फल्ट’ हरुलाई समाधान गरी प्रति घण्टा १००० किलो मीटर भन्दा बढी कुदाउन ‘कोरेल’ सफल भएको हो।

उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानहौको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ। उक्त रुटमा उडान भर्ने बिमानहरुको गति प्रति घण्टा केवल ८०० देखि १००० किलोमिटर सम्म हुने गर्दछ।

‘कोरेल’ ले अहिलेको प्रविधिलाई थप मोडिफाई गर्दै लैजाने र सन् २०२२ सम्ममा सम्पूर्ण रुपमा ट्र्याक र अन्य पुर्बधारको विकास गरिसक्ने जनाएको छ। सन् २०२४ सम्म उक्त रेल सार्बजनिक रुपमै सञ्चालनमा ल्याउने तयारी भैरहेकोछ। अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सोलबाट बुसान तथा अन्य जुनसुकै ठाउमा पनि ३० मिनेटभन्दा कम समयमा पुग्न सकिने छ।
[ref-inceptivemind]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–