At least 32 people were killed in a tragic bus accident in Mugu on the eve of Dashain

दशैँको मुखमा मुगुमा भिषण बस दुर्घटना, कम्तीमा ३२ को दुखद निधन

Breaking News National News News

The Mirror Desk

नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ जनाको दुखद मृत्यु भएको छ।

मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले २८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उक्त दुर्घटनामा घाइते भएका र उपचारका लागि नेपालगञ्ज पुर्‍याइएका मध्ये थप चारजनाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बस दुर्घटनामा हालसम्म ३२ जनाको मृत्यु भएको छ।

मुगुका प्रजिअ महतले भने, “शवहरूलाई जिल्ला अस्पताल मुगुमा राखिएको छ। घाइते १६ मध्ये १३ जनालाई हेलिकोप्टरमार्फत् नेपालगञ्ज पुर्‍याइएको छ।”

त्यसरी पुर्‍याइएका चारजना घाइतेहरूको बाँकेका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो।

एक जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र तीन जनाको मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

अहिले बाँकेका अस्पतालमा १२ जना घाइतेहरुको उपचार भइरहेको छ। तीमध्ये १० जना मेडिकल कलेज कोहलपुर र २ जनाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।

मुगुका प्रजिअ महतका अनुसार बस भिरालो कच्ची बाटोबाट करिब २ सय मिटर तल खसेको थियो। बुलबुले प्रहरी चौकी जुम्लाका अनुसार त्यहाँ चेकजाँच गर्दा बसमा ४३ जना यात्रु थिए।

pic-bbc

उद्धार र शव सङ्कलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए। दुर्घटना यही कारण भन्ने यकिन नभए पनि बसको टायर पङ्चर भएर हो कि भन्ने आशङ्का गरिएको बताइएको छ।

अघिल्ला वर्षहरूमा पनि दशैँका बेला सवारी साधनमा क्षमताभन्दा बढी मान्छे कोचेर दुर्घटना हुने गरेका विवरण आउने गरेका थिए।

[ref-bbc]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *