‘दायाँ बायाँ भए पेरिस डाडामा आगो लगाउछौ’:- महेश बस्नेत

National News News

The Mirror Desk,

काठमाडौँ, विभाजित सत्तारुढ दल नेकपाका नेता देखि कार्यकर्ता सम्मले एक अर्कालाई सकेसम्म गाली र बेइजति गर्ने गरी निकै तल्लो स्तरमा झरेर बदनाम गरिरहेका छन्। यो दुवै समुहले गरिरहेका छन् र एक अर्का बिरुद्ध आगो ओकलिरहेका छन्।

यसै सिलसिलामा गत शनिबार ललितपुरमा आयोजित प्रधानमन्त्री ओलि समुहको भेलामा सो समुहका नेता महेश बस्नेतले धुम्बराही र बल्खुका कार्यलयहरुमा राजनीतिक गतिविधि नगर्न कडा चेतावनी दिएका छन्। उनले ‘प्रचण्ड-नेपाल’ समुहका अद्क्ष्य प्रचण्डलाई संकेत गर्दै पुर्व एमालेका कुनैपनि कार्यलय कब्जा गर्न खोजिए पेरिसडाडामा आगो लगाइदिने धम्कि दिएका छन्। बस्नेतले खनाल र नेपाल लाई पदको प्रवोलनमा पारी प्रचण्डले आफ्नो समुहमा लगेको बताए।खनाललाई रास्ट्रपति र नेपाललाई अध्यक्षको प्रबोलनमा पारेको उनको तर्क छ।

उनले आफ्नो समुहनै बैधानिक भएको र निर्बाचन आयोगले आफुलाई नै मान्यता दिने दाबी समेत गरे। सबले प्रधानमन्त्रीलाइ साथ् दिनुपर्ने र अबको निर्बाचन आफुले जित्ने दाबी समेत गरे।

[ref-sagmat dainik]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *