काठमाडौँ, सत्तासींन पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल गुटलेले प्रदेश नम्बर-१ अन्तर्गतका जिल्ला पदाधिकारीहरुको भेला गरेको छ। पार्टी को आन्तरिक किचलो निकै उचाइमा पुगेको बेलामा यौ भेला हुनु अझै गम्भीर भएको कुरा पनि विश्लेषण गरिएको छ। प्रचण्ड र के पी ओली बिचमा एकअर्काको आरोपमा पेश गरिएको आरोप पत्र फिर्ता लिने र अध्यादेश पनि फिर्ता लिने सहमति भएको भन्ने कुरा बाहिर आएपनि त्यो निकै नै अन्योल मा रहेको स्पस्ट छ। यस बिषयमा सोही पार्टीका उपल्लो तहका नेताहरुबाट परस्पर बिरोधि भनाइहरु दिनदिनै बाहिर आइरहेका छन्।
यसै बिचमा पेरिसडाँडामा जारी भेलालाई दाहाल र नेपालले सम्बोधन गर्ने कुरा भएको छ। भेलामा प्रदेश नम्बर-१ अन्तर्गत १४ जिल्लाका पदाधिकारीहरु र सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागि भैरहेका छन्। अध्यादेशको जगमा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएपछि दुई अध्यक्षबीच बिहीबार निकै नै तनावपूर्ण संवाद भएको थियो। प्रधानमन्त्रिसंगको ओलीसँगको संवाद राम्रो नभए पछि “दाहाल–नेपाल” समूहले उक्त भेलाको आयोजना गरेको थियो। केही दिन अगाडि सोही समूहले पेरिसडाँडामै वाग्मती प्रदेशस्तरीय भेला सम्पन्न गरेको थियो भने यो समूहले विद्यार्थीको पनि काठमाडौंमै छुट्टै भेला गरेको थिय। यी सबै तनाब हरुका बीचबाट गुज्रिरहेको सत्तासिन पार्टी को आगामी दिनहरु निकै कस्टकर हुन सक्छन भन्न तेत्ति गारो हुदैन।[ref-kantipur]