दिनानाथ शर्माले पनि ‘प्रचण्ड-नेपाल’ समूह छाडे, तत्कालका लागी तटस्थ

National News News

The Mirror Desk,

काठमाडौँ, लामो समयसम्म मोहनविक्रम र चित्र बहादुर के सी संग अनि त्यसपछि प्रचण्डसँग सहकार्य गरेका पूर्वमाओवादी प्रवक्ता समेत रहेका दिनानाथ शर्माले ‘प्रचण्ड-नेपाल’ गुट परित्याग गरेका छन्। राष्ट्रिय सभा सदस्य रहेका उनी राष्ट्रिय सभाको अधिवेशनमा समेत सहभागी हुने बताईएको छ।

सेना बिनाको कम्युनिष्ट पार्टी हुन सक्दैन भन्दै उनी तत्कालिन (मसाल) छाडेर माओबादी प्रवेश गरेका थिए। केहि महिना अगाडी उनले पैसा खाएर माओबादीमा प्रवेश गरेको खबर पनि बाहिर आएको थियो। उनी (मसाल) मा हुदा पार्टीमा अराजकता मच्चाउने र बारम्बार अनुशासन उलंघन गर्ने गरेपछि पार्टीले कारबाही गरेको थियो। त्यसपछि उनी माओबादी प्रवेश गरेका थिए।

अहिले उनी प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पनि नउभिने भएका छन्। तटस्थ हुने तत्कालको नीति लिएका उनले पार्टी एकतामा जोड दिने बताउछन। समाचारमा जनाइए अनुशार उनको बामदेव गौतमसँग सहकार्य गरी अगाडि बढ्ने योजना रहेको छ।

[ref-hamroeconomy]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *