The Mirror Desk,
काठमाडौँ, न्युजिल्याण्ड सबैभन्दा ठूलो सहर अकल्याण्डमा तीनदिने लकडाउनको घोषणा गरिएको छ। कोरोना भाइरसका तीन स्थानीय संक्रमित फेला परेपछि प्रधानमन्त्री ज्यासिन्डा अर्डनले आइतबार अकल्याण्डमा लकडाउनको घोषणा गरेकी हुन्। यो लकडाउन सोमबार देखि बुधबार सम्म लागू हुनेछ। त्यहाका स्वास्थ्यमन्त्रीले अहिले पोजेटिभ पाइएका कोरोना संक्रमितको स्वाबमा थप परीक्षण भइरहेको बताए । उनीहरुमा देखिएको संक्रमण कोरोनाको नयाँ प्रकार (भेरियन्ट) हो वा होइन भन्ने पत्ता लगाउन थप परीक्षण गरिएको हो।
प्रधानमन्त्री अर्डनले यसअघि पनि न्युजिल्याण्डले प्रभावकारी रुपमा लकडाउन गरेर कोरोना नियन्त्रण गरेको भन्दै यसपटक फेरि कोरोना नियन्त्रणका लागि लकडाउनको आवश्यकता परेको बताइन्। यसअघि जनवरीमा पनि दुई महिनाभन्दा लामो समयपछि न्युजिल्याण्डमा कोरोना संक्रमित फेला परेका थिए। यो युके भेरियन्ट भएको जनाइएको छ।
[ref-a.jazeera]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons