The Mirror Desk,
काठमाडौँ, हामी सबैले एलियन को बारेमा धेरै कुराहरु सुनेका छौ। हामीलाई बिस्वास लागे पनि नलागेपनि येसको बारेमा सुन्न निकै मन पराउछौ। हामीले अमेरिका, बेलायत, अस्ट्रेलियातिर एलियन आएको भन्ने धेरै न्युज पढीरहेका छौ।
भर्खरै मात्र पाकिस्तानमा दुई पाइलटले एलियन देखेर आकाशमा उड्दा-उड्दै भिडियो रेकर्ड गरेको खबर बाहिर आएको छ। पाकिस्तान इण्टरनेशनल एयरलाइन्समका दुई जना पाइलटले गत शनिबार लाहोर र कराचीको बीचमा एलियन देखेको बताए। उनीहरुले ककपिटबाट यसको भिडियो पनि रेकर्ड गरेका छन्। भिडियोअनुसार एउटा तीब्र सेतो प्रकाशको गोला चम्किरहेको र निकै तेज गतिमा उडिरहेको देखिन्छ। भिडियोमा ककपिटमा रहेका दुई पाइलटको कुराकानी पनि सुन्न सकिन्छ।
पाकिस्तानी टेलिभिजन च्यानल जियो न्यूजका अनुसार शनिबार पीआइएको उडान नम्बर पीके–३०४ कराचीबाट लाहोर जाँदै थियो र पाइलटहरुले यो गोला देखे अनि केही बेरपछि उनीहरुले यसको भिडियो बनाउन सुरु गरे। यो घटना बेलुकी करिब ४ बजे तिर भएको थियो।
[ref-news18]
हेर्नुहोस केहि फोटोहरु…




“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon