srilanka

दु:खद-‘श्रीलङ्कामा बिरामीलाई नै मृत्युदण्ड दिन थालियो’

International News News

The Mirror

अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको छिमेकि मुलुक श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन।

जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन।औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ।

श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि सङ्कटका कारण विदेशी मुद्रा सञ्चिति सकिएको छ।

राजधानी कोलम्बोको बाहिरी भागमा रहेको ९५० शय्याको एपेक्षा क्यान्सर अस्पतालमा परीक्षण र शल्यक्रियालगायत प्रक्रिया स्थगन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ भने औषधि अभावका कारण बिरामी, तिनका आफन्त र चिकित्सक असहाय महसुस गरिरहेका छन। क्यान्सरका बिरामीका लागि यो स्थिति ज्यादै जटिल भएको डा रोशन अमरतुङ्गा बताउँछन।

डा रोशन अमरतुङ्गा भन्छन, “कहिलेकाहीँ हामी शल्यक्रियाको लागि योजना बनाउँछौँ तर त्यो दिन शल्यक्रिया गर्न असमर्थ हुन्छौ, किनकि त्यहाँ औषधिको आपूर्ति छैन, औषधिको चरम अभावले बिरामीको ज्यान जोखिममा छ’।

भारत, जापान लगायत बहुपक्षीय दाताले औषधि आपूर्तिमा मद्दत गरिरहेका भए पनि अस्पतालमा ती जीवनदायी ओखती आउन चार महिना लाग्नसक्छ। सरकारले पनि स्वदेश र विदेशमा रहेका निजी दातालाई सहयोगको लागि आह्वान गरेको छ। यदि स्थितिमा शीघ्र सुधार भएन भने धेरै बिरामीले मृत्युदण्डको सामना गर्नुपर्ने डा रोशनले बताए।

यदि बिरामी औषधिका लागि लाइनमा छन् भने तिनीहरूले आफ्नो ज्यान गुमाउने अवस्था आएको डा रोशनले बताए।

आफ्नी चार वर्षीया छोरी बिनुली बिमसराको रक्तसम्बन्धी जटिल रोगको उपचार गराइरहेकी आमाले आफू र श्रीमान् भयभीत भएको बताइन।

उनले निकै चिन्चित हुदै भनिन, ‘पहिले हामीसँग कम्तीमा केही आशा थियो किनभने हामीसँग औषधि थियो तर अहिले हामी ठूलो डरमा बाँचिरहेका छौंँ, हामी साँच्चै असहाय छौँ, औषधिको अभाव भएको सुन्दा हाम्रो भविष्य साँच्चै अन्धकार छ, छोराछोरीलाई उपचारका लागि विदेश लैजान हामीसँग पैसा छैन’।

[ref-news24]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *