The Mirror Desk,
काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही चैतको १५ गतेदेखि ‘मार्सी बियर’ बजारमा ल्याउने भएका छन्। कम्पनीले फागुनमै बजारमा पठाउने तयारी गरे पनि विभिन्न सरकारी प्रक्रिया पूरा गर्दा केही ढिला भयो प्रसाईंले बताए। भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन शुरु गरेका हुन्।
यसका लागि उनले हालसम्म साढे ४ अर्ब रुपैयाँ लगानी गरेका छन भने थप २ अर्ब रुपैयाँ थप लगानी गर्ने योजना बनाएका छन्। हाल कम्पनीमा ५ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको र आगामी दिनमा २ हजार व्यक्तिले रोजगारी पाउने उनले बताए।
उक्त बियर भारत निर्यातका लागि ४० लाख बोतलका लागि सम्झौता पनि भइसकेको छ। उनका अनुसार उद्योगबाट एक घण्टामा २२ हजार बोतल उत्पादन हुन्छ। कर्णालीमा उत्पादन हुने मार्सी चामल ३० प्रतिशत र बाँकी ७० प्रतिशत माल्ट प्रयोग गरेर मार्सी नाममा बियर उत्पादन गरिने छ। हाल मार्सी बियर प्रिमियम र स्ट्रङ गरी दुई वटा ब्राण्डमा उत्पादन हुनेछ भने भविष्यमा ड्राफ्ट बियर पनि उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ।
मार्सी बियर उत्पादन गर्ने क्षेत्र ५ बिगाह छ। यो देशकै राम्रो प्रविधियुक्त कम्पनी हो। एक ठाउँमा जौं र मार्सी हालेपछि मान्छेले केही गर्नु पर्दैन। मेशिन पूर्णरुपमा स्वचालित हुन्छ र प्रोसेसिङदेखि प्याकेजिङसम्मको काम गर्छ। मार्सी धानको खुदी हालेर बनाएको बियरको स्वाद पनि फरक हुने उनको भनाइ छ।
प्रसाइले भने, ‘मलाई धेरैले माफिया र मार्सी भनेर खेदे, म त नेगेटिभभित्र पोजेटिभ खोज्ने मान्छे हुँ, अब माफिया ह्वीस्की पनि छिट्टै ल्याउँछु, त्यसका लागि जग्गा खोजिरहेको छु, उपयुक्त स्थानमा जग्गा पाउनेवित्तिकै प्लान्ट लगाउँछु, त्यसपछि डन इनर्जी ड्रिङ्स पनि सुरु गर्छु ल्याउँछु’।
[ref-Kalapanipost]
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons